भोटेकोशी जलविद्युत आयोजना सञ्चालनमा ल्याउने विषयमा सहमति
काठमाडौँ । जेनजीहरुले निःशुल्क १० प्रतिशत सेयर दिनुपर्ने माग राख्दै करिब एक महिना देखि बन्द रहेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजना सञ्चालनमा ल्याउने विषममा सहमति भएको छ ।
भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडबिच आइतबार सम्झौता भएको हो । यस सम्झौतासँगै आयोजनाको पावर प्लान्ट आजदेखि नै सञ्चालनमा आएको छ ।
आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर र भोटेकोशी गाउँपालिकालाई वार्षिक २ करोड ५० लाख रुपैयाँ सामाजिक उत्तरदायित्वबाफत प्रदान गर्ने गरी सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला लगायत विभिन्न सरकारी निकायका प्रतिनिधि तथा भोटेकोशी गाउँपालिकाका प्रमुखहरूको रोहवरमा भएको सम्झौताले लामो समयदेखिको स्थानीय सरोकारलाई सम्बोधन गरेको छ ।
सम्झौतामा भोटेकोशी पावर कम्पनीले आफ्नो सेयरमध्येबाट १० प्रतिशत सेयर आयोजनाको जलविद्युत उत्पादन क्षेत्रका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई दिने सहमति गरेको छ । यसका लागि स्थानीयद्वारा खडा गरिएको एक पब्लिक लिमिटेड कम्पनीलाई सेयर दिइनेछ ।
यो १० प्रतिशत सेयर साबिकको २०७१ असोज ९ गतेको सम्झौता बमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत थप गरी कायम गरिएको हो ।
त्यस्तै स्थानीय कम्पनीले दोस्रो पक्षमा हाल्ने सेयरका लागि बैंकमा निवेदन दिनेछ र सो कर्जाका लागि भोटेकोशी पावर कम्पनी जमानी बस्नेछ । कर्जा तथा ब्याज आगामी एक वर्षभित्र आयोजनाको लाभांशबाट चुक्ता गरिनेछ । यदि लाभांशबाट फर्छ्यौट नभएमा बाँकी कर्जाको रकम दोस्रो पक्षले स्विकार्ने सहमति भएको छ ।
त्यस्तै भोटेकोशी पावर कम्पनीले भोटेकोशी गाउँपालिकालाई दिँदै आएको सामाजिक उत्तरदायित्वबापतको रकममा वृद्धि गरी अब वार्षिक २ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने छ ।
यसपश्चात प्रथम पक्ष लगायत कसैले पनि विभिन्न शीर्षकमा थप रकम दाबी गर्न पाउने छैनन् ।
भविष्यमा आयोजनामा आउन सक्ने विभिन्न माग तथा समस्याहरूको समाधानका लागि प्रथम पक्षले पूर्ण सहयोग गर्ने पनि सहमति भएको छ ।
सम्झौताले भोटेकोशी जलविद्युत आयोजनाको दीर्घकालीन सञ्चालन र स्थानीय समुदाय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण