कटारी–८ मा बर्थिङ सेन्टर र स्वास्थ्य चौकी भवनको उद्घाटन
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं. ८ कुरिनभन्ज्याङस्थित बर्थिङ सेन्टर र पटनाभन्ज्याङस्थित सिरिसे स्वास्थ्य चौकीको नव–निर्मित भवनको उद्घाटन भएको छ ।
उदयपुर क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री रामकुमार खत्रीले दुई वटै भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले जनताको घरदैलोमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने आफ्नो पहल सार्थक भएको बताए ।
स्वास्थ्य र शिक्षा नै समृद्धिको पहिलो आधार हो । यी भवनहरूको निर्माणले विशेष गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा लिन मद्दत पुग्नेछ,’ उनले भने ।
उनले आफ्नो कार्यकालमा कटारी क्षेत्रको समग्र विकासका लागि सधैँ प्रतिबद्ध रहने वाचा गरे । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष नविन्द्र कुमार तामाब, वडा नं. २ का अध्यक्ष प्रेम बहादुर थापा, जिल्ला समन्वय समितिका सदस्य विष्णु कटुवाल, वडा सदस्यहरू लील बहादुर राउत,
श्रीमती गोमा कुमारी तामाब (परियार) र श्रीमती प्रेम माया राना मगर लगायतको उपस्थिति थियो । भवनको उद्घाटनसँगै वडा नं. ८ अन्तर्गतका डुम्रीबोट, पटनाभन्ज्याङ र आहाले क्षेत्रका बासिन्दाहरूले नियमित स्वास्थ्य सेवा पाउने भएका छन् ।
यस्तै बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै सुरक्षित मातृत्व सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण