गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने
सारांश
- गरिमा विकास बैंकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
- बैंकले शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
- यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारण सभाबाट पारित हुनेछ र शेयरधनीहरूलाई वितरण गरिनेछ।
काठमाडौँ । गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने जनाइएको छ ।
बैंकको हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा चुक्ता पुँजी रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैयाँ २२ पैसा कायम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण