ट्रम्पले भने, ‘अब गाजामा पुनर्निर्माण सुरु हुन्छ’
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प र अन्य नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्न सम्झौतामा हस्ताक्षर गरे।
- इजिप्टमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशका नेताहरूको उपस्थिति रहेको थियो।
- ट्रम्पले इजरायल र हमासबिच युद्ध विरामको मध्यस्थतामा मद्दत गरेकोमा प्रशंसा गरे।
कायरो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्न घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
सोमबार इजिप्टको शर्म अल–शेखमा आयोजित सम्मेलनमा हस्ताक्षर भएको थियो । यस समारोहमा २० भन्दा बढी देशका नेताहरू उपस्थित थिए ।
यस अवसरमा ट्रम्पले भने, ‘एउटा नयाँ र सुन्दर दिन सुरु हुँदैछ, अब पुनर्निर्माण सुरु हुन्छ ।’ उनले इजरायल र हमासबिच युद्ध विरामको मध्यस्थतामा मद्दत गरेकोमा मध्यपूर्वी देशका नेताहरूको प्रशंसा पनि गरे ।
यसैबिच, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले उक्त दिनलाई ऐतिहासिक बताए । सोमबार, ट्रम्पले प्रस्तुत गरेको गाजा शान्ति योजनाको पहिलो चरणको हिस्सा अन्तर्गत इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गरिएको थियो ।
यस चरणमा हमासद्वारा २८ इजरायली बन्धकहरूको शव पनि फिर्ता गर्नेछन् । अहिलेसम्म चार वटा शव मात्रै फिर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण