नीता अम्बानीको १५ करोड भारुको पर्सको चर्चा
सारांश
- मनीष मल्होत्राको दिवाली पार्टीमा नीता अम्बानीको १५ करोडको ह्यान्डब्यागको चर्चा भयो।
- नीताले सिल्भर सिक्वेन साडी, मुटु आकारको पन्नाको झुम्का र ब्रेसलेट लगाएकी थिइन्।
- राधिका मर्चेन्ट पनि अफ-ह्वाइट साडीमा सुन्दर देखिएकी थिइन्।
मुम्बई । डिजाइनर मनिष मल्होत्राले शनिबार आफ्नो घरमा आयोजना गरेको दिपावली पार्टीमा थुप्रै बलिउड सेलिब्रिटीहरू सहभागी भए।
यस अवसरमा, नीता अम्बानीले आफ्नो लुकले सबैको ध्यान आफूतिर खिचिन्। तर, यसको सबैभन्दा ठूलो चर्चा उनको लुक मात्र नभएर हातमा बोकेको पर्स बन्यो, जसको मूल्य करिब १५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।
नीता अम्बानीले मनिष मल्होत्राले डिजाइन गरेको सिग्नेचर सिल्भर सिक्वेन साडी लगाएकी थिइन्। यो साडीमा मसिनो शेभरन डिटेलिङ थियो, जसले यसलाई थप आकर्षक बनाएको थियो। आफ्नो लुकलाई पूर्णता दिन उनले मुटु आकारको कोलम्बियन पन्ना भएको झुम्का र मिल्दोजुल्दो पन्ना र हिराको ब्रेसलेट लगाएकी थिइन्।
यसका साथै, उनले हर्मिसको एक विशेष संस्करणको मिनी बिर्किन ब्याग बोकेकी थिइन्, जसको मूल्य लगभग १५ करोड भारतीय रुपैयाँ रहेको छ।
यता, नीता अम्बानीकी बुहारी राधिका मर्चेन्ट पनि अफ-ह्वाइट साडीमा निकै सुन्दर देखिएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण