एक सातामा ५१० जनामा डेंगु सङ्क्रमण
मङ्गलबार, २८ असोज २०८२, १६ : ४५
काठमाडौँ । डेंगु देशका ७५ जिल्लामा फैलिएको छ । यस्तै पछिल्लो एक सातामा डेंगुका ५१० जना नयाँ बिरामी थपिएका छन् ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार विगत २४ घण्टामा ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गएको पुस महिनादेखि हालसम्म ६ हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । हाल सम्म गण्डकी प्रदेशमा सबैभन्दा बढी १ हजार ५३५ डेंगु सङ्क्रमित फेला परेका छन् । त्यसपछि बागमती प्रदेशमा १ हजार ४४० र लुम्बिनी प्रदेशमा १ हजार ३७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
त्यस्तै कोशी प्रदेशमा ८२८, सुदूरपश्चिममा ७१४, कर्णालीमा ४२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । अन्य प्रदेशहरुकाे तुलनामा मधेस प्रदेशमा कम सङ्ख्यामा डेंगुको सङ्क्रमण देखिएको छ । यहाँ १२८ जनामा सङ्क्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण