विपिन जोशीलाई जीवित फर्काउन असफल हुनु पीडादायक विषय: प्रचण्ड
सारांश
- प्रचण्डले हमासद्वारा अपहरण गरिएका विपिन जोशीको शव डीएनए परीक्षणबाट पुष्टि भएकोमा दुःख व्यक्त गरे।
- सरकार र अन्य निकायको प्रयास बाबजुद जोशीलाई जीवित फर्काउन नसक्नु पीडादायी भएको प्रचण्डको भनाइ छ।
- प्रचण्डले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्य धारण गर्न आग्रह गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत उनकै भएको दुःखद समाचारले आफू मर्माहत भएको बताएका छन् ।
नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उनलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय भएको प्रचण्डको भनाइ छ ।
‘विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो’, उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
यस दुःखद घडीमा प्रचण्डले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले अगाडि भनेका छन्, ‘मैले आफन्तहरूको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु । यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढ्न अनुरोध गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण