भनिमण्डलमा एमाले बैठक : केन्द्रीय सदस्यहरूलाई बोल्न ३ मिनेट समय निर्धारण
सारांश
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ, जसमा जेनजी आन्दोलन लगायतका विषयमा छलफल हुनेछ।
- बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्, जसमा समसामयिक राजनीतिक विषयवस्तुहरू समावेश हुनेछन्।
- आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने र 'फ्रेस म्यान्डेट' लिने विषयमा निर्णय लिने एमालेको तयारी छ।
काठमाडौँ । जेनजी आन्दोलनपछि पार्टीको धारणा बनाउन नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुदैछ । ललितपुरको भनिमण्डल स्थित रामबाघ महलमा हुने बैठक तीन दिनसम्म चल्नेछ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ओलीको प्रतिवेदनमा समसामयिक राजनीति,जेन जी आन्दोलन,घुसपैठ,व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषय समेटिने छन् ।
यसैगरी अलोकतान्त्रिक ढंगले अन्तरिम सरकारको गठन,असंवैधानिक ढंगले संसदको विघठन र यसका असरका बारेमा पनि ओलीको प्रतिवेदनमा समेटिने नेताहरूको भनाइ छ ।
प्रतिवेदनमा सरकारले नगर्ने निर्वाचनको हौवा पिटाएको, सरकारले दलहरूसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको विषय उल्लेख हुनेछन् । प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान समेत तोक्ने छ ।
नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने अपेक्षा केन्द्रीय सदस्यहरुको छ । यसैगरी लोकतन्त्र रक्षाका लागि संविधान पक्षधर शक्तिहरूलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्ने एमालेको तयारी छ ।

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ । केन्द्रीय सदस्यहरूलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण