मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

बुधबार, २९ असोज २०८२, ०९ : ५१
बुधबार, २९ असोज २०८२

सारांश

  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ।
  • बैठकले अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन र सचिवालयका निर्णय अनुमोदन गर्नेछ।
  • सचिवालय बैठकले लोकतान्त्रिक शक्तिहरूसँगको सहकार्य र एकता वार्तालाई तीव्रता दिने निर्णय गरेको थियो।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजेपछि काठमाडौँमा बस्ने स्थायी कमिटी बैठकले भोलि बस्ने गरी बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । 

त्यसबाहेक अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने पार्टी नेताहरूले बताएका छन् ।

सो पार्टीको एघारौँ सचिवालय बैठक असोज २४ र २६ गते बसेको थियो । बैठकले वर्तमान सङ्कटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरूबिच संवाद र सहकार्य अघि बढाउने निर्णय गरेको थियो ।  

सोही बैठकले वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई चाँडो निष्कर्षमा वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप