शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
विश्वकपमा नेपाल

लगातार दोस्रोपटक विश्वकपमा नेपाल

बुधबार, २९ असोज २०८२, १९ : १५
बुधबार, २९ असोज २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–ट्वान्टी विश्वकप २०२६ मा छनोट भएको छ ।

बुधबार भएको एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत यूएईले सामोआलाई हराएसँगै नेपाल विश्वकपमा पुगेको हो । सामोआलाई यूएईले ७७ रनले पराजित गरेको छ ।

नेपालसँगै ओमानले पनि विश्वकपमा स्थान बनाएको छ । योसँगै नेपाल समग्रमा तीन पटक र लगातार दोस्रो पकट विश्वकपमा छनोट भएको हो । 

नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । त्यसपछि सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको अबको लक्ष्य छनोट प्रतियोगिताको उपाधि जित्ने हुनेछ । आजको खेलमा जित निकाल्न सके नेपाल छनोट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यबाट एक कदम मात्र पछि हुनेछ । 

नेपाल र ओमान आज छनोट प्रतियोगिताको सुपर सिक्सको चौथो खेलमा भिड्दै छन् । दुवै टोली छनोट प्रतियोगितामा हालसम्म अपराजित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप