‘डिजिटल’ ठेगाना प्रणाली सुरु गर्दै काठमाडौँ महानगर
सारांश
- काठमाडौं महानगरपालिकाले डिजिटल ठेगाना प्रणाली जडान सुरु गर्यो, जसले सेवा प्रवाहलाई सहज बनाउनेछ।
- वडा २६ लैनचौरबाट सुरु भएको यो प्रणालीमा क्युआर कोड र चिप्ससहितको ठेगाना प्लेट जडान गरिनेछ।
- यस प्रणालीले विद्युतीय शासनलाई टेवा पुर्याउने र सेवाग्राहीको पहिचान तथा सेवा प्रवाहलाई छिटो बनाउनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘एनएफसी नियर फिल्ड कम्युनिकेसन चिप्स’ प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान सुरु गरेको छ ।
वडा नं २६ लैनचौर क्षेत्रबाट सो प्रविधि जडान सुरु गरेको हो । लैनचौरस्थित वडा कार्यालयमा आज उक्त प्रविधि जडान गरी औपचारिक सुरुवात गरिएको महानगरले जनाएको छ ।
वडाध्यक्ष एवं कामपाका सुशासन समिति संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गरे । वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिनेछ । प्रणाली खरिद तथा जडानका लागि वडाले गत आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक खरिद प्रक्रिया थालेको थियो । सो प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो ।
कामपाले विगत दुईदशकदेखि ‘मेट्रिक’ ठेगाना प्रणाली अपनाउँदै आएको थियो । सो प्रणालीलाई रुपान्तरण गर्दै वडा नं २६ ले प्रविधि सुहाउँदो डिजिटल ठेगाना प्रारम्भ गरेको हो । वडाध्यक्ष तिवारीका अनुसार पुरानो ठेगाना तथा बाटोका नामलाई यथावत् राखी ‘क्युआर कोड’ र चिप्ससहितको ठेगाना प्लेट जडान हुनेछ ।
जडान गरिएको प्लेटमा स्थानीय नेपाली कोडसँगै ‘युनिभर्सल गुगल प्लस कोड’ हुनेछ । प्लेट जडान भएका घरमा घरधनीले प्लेटको फोटो पठाए मात्र पुग्छ । यसमा भएको क्युआर स्क्यान गरेपछि लोकेसनमा पुग्न सकिन्छ ।
‘लेजर’मार्फत खोपेर तयार पारिएको एनएफसी ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ । यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन । यो आइडी तथा ठेगाना, कोड अफलाइनमा खोज्न सकिने गरी बनाइएको छ ।
नम्बर प्लेटमा राखिएको क्युआर कोड प्रयोगले घरमा आउने पाहुनाले ‘डोर बेल’का रूपमा प्रयोग गर्न सक्ने जनाइएको छ । फोहर सङ्कलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीयस्तरबाट कुनै सूचना प्रवाहजस्ता अत्यावश्यक कामका लागि छिटो र न्यून लागतमा काम गर्न सकिन्छ ।
वडाध्यक्ष तिवारीले भने, “यो काम विद्युतीय शासनका लागि महत्त्वपूर्ण आधार हो । कामपाले विद्युतीय रूपमा डेलिभरी’, हाजिरी, ‘बायोमेट्रिक्स’, सिफारिस, चिठ्ठीपत्र, टिप्पणीजस्ता सेवा कार्यान्वयनमा ल्याइसकेको छ ।”
यसअघि करदाता र सेवाग्राहीको पहिचान गर्न नै कठिन भएकामा जडान सुरु गरिएको डिजिटल घर नम्बर प्रणालीले सेवा प्रवाह, राजस्व सङ्कलनजस्ता कामलाई छरितो बनाउन सजिलो हुने सो वडाका सचिव केदार रिमालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण