एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु
सारांश
- एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भयो, जसमा सदस्यहरूले अध्यक्षको प्रस्तावमाथि धारणा राख्नेछन्।
- बैठकमा सदस्यहरूलाई तीन मिनेटको समय दिइएको छ र वर्णानुक्रम अनुसार उल्टो पालो मिलाइएको छ।
- अध्यक्ष ओलीले पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् र शुक्रबार बैठक समापन हुनेछ।
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।
दोस्रो दिनको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमाथि आफ्ना धारणा र सुझाव राख्ने क्रमलाई निरन्तरता दिँदै छन् ।
पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए । बैठकको दोस्रो दिन करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ । यही क्रममा सबै केन्द्रीय सदस्यहरूले समय लिने हो बैठक लम्बिने सङ्केत देखिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुङ्ग्याए स्वतः माइक काटिने प्रबन्ध गरिएको छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि वर्णानुक्रम अनुसार उल्टो (ज्ञ बाट) पालो मिलाइएको छ ।
हिजोको बैठकमा अध्यक्ष ओलीले मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि पदाधिकारीहरूलाई धारणा राख्न दिने बताइएको छ । शुक्रवार अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण