बजारमा छ्यापछ्याप्ती प्रतिबन्धित छोकडा : विभाग भन्छ – जति रोके पनि सकिएन
सारांश
- नेपालमा चार वर्षदेखि छोकडा आयात प्रतिबन्धित भए पनि बजारमा खुलेआम बिक्री भइरहेको छ।
- भन्सार विभागको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म ६१ लाख ७४ हजार रुपैयाँको छोकडा आयात भएको छ।
- विभागले व्यक्तिगत प्रयोजनका लागि मात्र आयात भएको दाबी गरे पनि, खुला सिमानाको कारण चोरी पैठारीबाट छोकडा बजारमा आएको स्वीकारेको छ।
काठमाडौँ । चार वर्षदेखि नेपालमा छोकडा आयात प्रतिबन्ध छ, तर बजारमा छ्यापछ्याप्ती भेटिन्छ ।
अहिले बजारमा यसको मूल्य प्रतिकिलो ४५० रुपैयाँदेखि ८०० रुपैयाँसम्ममा सुकेको छोकडा पाइन्छ । फ्रेस छोकडा प्रतिकिलो १९०० रुपैयाँसम्म पर्ने गरेको छ । आयात प्रतिबन्धित वस्तु यसरी बजारमा खुलेआम रूपमा बजारमा बिक्री भइरहँदा नियमनकारी निकाय मौन रहेको छ । जबकि छोकडा नेपालमा उत्पादन छैन ।
आयात प्रतिबन्ध गरिएको छोकडा भन्सार विन्दुबाट आयात भइरहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म ६१ लाख ७४ हजार रुपैयाँको १२ हजार ३९० किलो छोकडा आयात भएको विभागले जनाएको छ । उक्त परिमाणमा छोकडा आयात हुँदा १७ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
विभागका सूचना अधिकारी किशोर बर्तौला उक्त छोकडा व्यक्तिगत प्रयोजनका लागि मात्र आयात भएको बताउँछन् ।
‘व्यापारिक प्रयोजनका लागि आएको छैन । व्यक्तिले ल्याएको छ । इन्डियाबाट पनि आएको त्यो इन्डियाबाट उतातिर आएको छ । व्यापारी प्रयोजनबाट त रोकावटै छ । त्यो व्यक्तिको नै भए पनि प्रज्ञापनपत्र काट्नु त पर्यो त्यही भएर त्यही डाटा आएको हो । घरेलु प्रयोजनका लागि त ल्याउन पाइयो नि ।’
व्यक्तिगत प्रयोजनका लागि ल्याइएको भए बजारमा कसरी छ्यापछ्याप्ती पाइन्छ पाइयो भन्ने प्रश्नको जवाफमा बर्तौलाले नेपालको खुला सिमाना भएकाले चोरी पैठारीमार्फत ल्याएर बिक्री वितरण भइरहेको बताए ।
भने, ‘नेपालमा उत्पादन हुँदैन । बजारभरि पनि टन्नै छ, कसरी आयो त ? कसरी भन्दा ओपन बोर्डर हाम्रा धेरै ठाउँ छ । इन्डियाको तीन तिरबाट ओपन छ । अब कसरी आयो भन्नु ? चोरी निकासीबाट आयो होला नि त । जति नियन्त्रण गर्छु भने पनि गर्न सकिदैन ।’
इरानबाट २६ लाख १८ हजार रुपैयाँको २८७५ किलो आयात भएको छभने युएईबाट २३ लाख ८७ हजार रुपैयाँको ५५६५ किलो आयात भएको छ । यस्तै भारतबाट ५ लाख ३६ हजार रुपैयाँको २ हजार २२८ किलो, कतारबाट २ लाख ९७ हजार रुपैयाँको ७५४ किलो आयात भएको उल्लेख छ ।
भन्सारको तथ्यांकमा देखिएको व्यापारिक नभएर व्यक्तिगत प्रयोजनका लागि भएको दाबी गरे । साथै चोरी बाटोबाट छोकडा आयात गरेर बिक्री भइरहेको स्वीकारे ।
‘धेरै ठुलो क्वान्टिटी छैन । यदि व्यापारीले ल्याएको हो भने त्यहाँ इम्पोर्टरको नामसहित आइहाल्थ्यो । यो व्यक्तिगतमा आएको हो । तर बजारमा पाइन्छ म स्वीकार्छु ।’
तिहारमा भाइमसलाको रूपमा प्रयोग हुने भएकाले यो सिजनमा बजारमा छोकडा झनै छ्यापछ्याप्ती पाइने उनको भनाइ छ । छोकडा चोरी पैठारी हुँदा ठुलो परिमाणमा राजस्व गुमेको हुनसक्ने र चोरी पैठारी रोक्न छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो ।
कुन कुन देशबाट आयात भयो ?
२०८२ भदौ मसान्तसम्ममा कुल आयात भएको कुल छोकडामध्ये सबैभन्दा ठुलो परिमाणमा इरान र युएईबाट आयात भएको छ ।
इरानबाट २६ लाख १८ हजार रुपैयाँको २८७५ किलो आयात भएको छभने युएईबाट २३ लाख ८७ हजार रुपैयाँको ५५६५ किलो आयात भएको छ । यस्तै भारतबाट ५ लाख ३६ हजार रुपैयाँको २ हजार २२८ किलो, कतारबाट २ लाख ९७ हजार रुपैयाँको ७५४ किलो आयात भएको उल्लेख छ ।
यस्तै साउदी अरेबियाबाट १ लाख ६८ हजार रुपैयाँको ४७८ किलो, कुवेतबाट ९९ लाख रुरपैयाँको २९० किलो, ओमानबाट १६ हजार रुपैयाँको ४५ किलो, मलेसियाबाट १ हजार रुपैयाँको २ किलो आयात भएको छ ।
यसैगरी चीनबाट ३३ हजार रुपैयाँको १२ किलो, एन्डोराबाट २ हजार रुपैयाँको ५ किलो, बहराइनबाट १४ हजार रुपैयाँको ४६ किलो, अमेरिकाबाट १ हजार रुपैयाँको १ किलो र क्यानडाबाट १ हजार रुपैयाँको १ किलो आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
कुन वर्ष कतिको आयात ?
छोकडासँगै प्रतिबन्ध लगाएको सुपारी, केराउ र मरिचलाई औद्योगिक प्रयोजनका लागि भन्दै सरकारले गत वर्षको असोजमा आयात खुलाएको थियो । तर छोकडा आयात खुला गरेको छैन । २०७७ साल यता आयात प्रतिबन्ध लगाएको छोकडा भन्सार विन्दुबाट निरन्तर आयात भइरहेको विभागको तथ्यांकमा उल्लेख छ । तर आयात प्रतिबन्ध लगाउनुअघि अरबौँ रुपैयाँको छोकडा आयात हुने गरेको छोकडा हाल करोडमा आयात भइरहेको देखिन्छ ।
आर्थिक वर्ष २०७६ मा २ अर्ब ७२ करोड २४ लाख १८ हजार रुपैयाँको ३ करोड १७ लाख ७ हजार ७ किलो छोकडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७ मा २ करोड ८८ लाख ९२ हजार रुपैयाँको २ करोड ९५ लाख १५० किलो छोकाडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यस्तै २०७८/७९ मा ४ करोड १३ लाख ७३ हजार रुपैयाँको ४ लाख ९२ हजार ५६६ किलो, २०७९/८० मा २ लाख ४० हजार रुपैयाँको ७९६ किलो छोकडा आयात भएको उल्लेख छ ।
यसैगरी २०८०/८१ मा १४ लाख ९ हजार रुपैयाँको ११ हजार ३८ किलो र २०८१/८२ मा ३ करोड ४३ लाख ६२ हजार रुपैयाँको ३ लाख १४ हजार ३८२ किलो छोकडा आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण