अपडेट
२ लाख ५० हजार कट्यो सुनको मूल्य
बिहीबार, ३० असोज २०८२, १० : ४०
सारांश
- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुग्यो, जुन हालसम्मकै उच्च हो।
- बुधबारको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँले बढेको हो, जसले नयाँ कीर्तिमान कायम गर्यो।
- चाँदीको मूल्य पनि बढेर तोलामा ३ हजार २७५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो। यो मूल्य हालसम्मकै उच्च हो ।
महासंघका अनुसार बिहीबार १० ग्राम सुनकै २ लाख १५ हजार १०५ रुपैयाँ पुगेको छ ।
यसअघि बुधवार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार सुनको मूल्य २ हजार रुपैयाँ बढेर कीर्तिमानी बिन्दु छोएको हो ।
यस्तै चाँदीको मूल्य समेत बढेको छ। बुधवार तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण