फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी
बिहीबार, ३० असोज २०८२, ११ : ३९
सारांश
- कालिमाटी तरकारी बजारमा मकवानपुरबाट ल्याइएको अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटिएको छ।
- पसल नम्बर ६४७ र ६६३ मा राखिएको अकबरे खुर्सानीमा ४९.०३२ र ५१.४४६ प्रतिशत अर्गानोफस्फेट विषादी फेला परेको छ।
- विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी भएकाले उक्त खुर्सानी खान अयोग्य रहेको छ।
काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटिएको छ । मकवानपुरमा उत्पादित अकबरे खुर्सानीमा विषादीको मात्रा भेटिएको विषादी अवशेष द्रुत विश्लेषण इकाई कालीमाटीले जनाएको छ ।
मकवानपुरबाट ल्याइएको पसल नम्बर ६४७ मा बिक्रीका लागि राखिएको अकबरेमा ४९.०३२ प्रतिशत र पसल नम्बर ६६३ मा राखिएको अकबरेमा ५१.४४६ प्रतिशत अर्गानोफस्फेट नामक विषादी फेला परेको जनाएको छ ।
यसअघि पनि सोमबार मकवानपुरबाटै ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत उक्त विषादीको मात्रा भेटिएको थियो । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।
यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण