निर्वाचन आयोगलाई कांग्रेसले भन्यो– सरकारले प्रतिशोधपूर्ण व्यवहार बन्द गरोस्, शान्ति सुरक्षाको प्रत्याभूति दिलाओस्
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण बनाउन सरकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ।
- कांग्रेसले निर्वाचनको वातावरण बनाउन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरूसँगै बस्ने वातावरण बनाउन आग्रह गरेको छ।
- कांग्रेसले सरकारले दलहरूमाथि प्रतिशोधपूर्ण व्यवहार बन्द गर्न र सहकार्यको वातावरण बनाउनुपर्ने बताएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएको छ ।
निर्वाचन आयोगले बिहीबार निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग गरेको छलफलमा कांग्रेसले दलहरू शान्ति सुरक्षामा विश्वस्त नभएको बताएको हो ।
कांग्रेसका तर्फबाट बैठकमा सहभागी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले निर्वाचन सम्पन्न गर्नका लागि सरकारले वातावरण निर्माण गन नसकेको बताए ।
‘निर्वाचनका लागि आवश्यक पर्ने पहिलो सर्त शान्ति सुरक्षाको प्रत्याभूति नागरिक र राजनीतिक दलहरूलाई सरकारले दिलाउन सक्नुपर्छ । अहिलेसम्म त्यो हुन सकेको छैन,’ आयोगमा भएको छलफलमा राखेको धारणा उल्लेख गर्दै विश्वकर्माले रातोपाटीसँग भने, ‘अहिले शान्ति सुरक्षाको अवस्था नाजुक छ । शान्ति सुरक्षाको ज्ञारेन्टी हुन्छ भन्नेमा दलहरू विश्वस्त छैनन् । सुरक्षाकर्मीहरू त्रसित छन् । उनीहरूको मनोबल उच्च बनाउनु पर्यो । सुरक्षाकर्मीका लुटेका हतियार र बर्दी फिर्ता हुनुपर्यो । भागेका अपराधी पक्रिन पर्यो ।’
साथै विश्वकर्माले निर्वाचनको वातावरण निर्माणमा सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरूसँगै बस्ने वातावरण निर्माण गर्न पनि आग्रह गरे ।
उनले सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूले निर्वाचनको वातावरण निर्माण गर्ने अभिव्यक्ति दिनुपर्नेमा त्यस विपरीत अभिव्यक्ति दिएको भन्दै अभिव्यक्तिमा लगाम लगाउनुपर्ने बताए ।
दलहरूमाथि सरकारबाट प्रतिशोधपूर्ण व्यवहार भएकोले त्यो बन्द गर्दै सहकार्यको वातावरण निर्माण गर्नुपर्ने धारणा बैठकमा राखेको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण