जेनजीको नाममा धम्क्याउने शाहीसँग असईको परिचयपत्र
सारांश
- जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीलाई धम्क्याउने अर्जुन बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ र असईको परिचयपत्र बरामद गरेको छ।
- उनी ठगी र बैंकिङ कसूरको फरार अभियुक्त समेत हुन्, र उनले कोरिया पठाउने बहानामा ६ जनाबाट पासपोर्ट लिएका थिए।
- शाहीले जापान पठाउने र रेडस्टार मिडियाको पत्रकार बनाएर कोरिया पठाउने भन्दै रकम ठगी गरेको आरोप छ।
काठमाडौँ । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाहीको साथबाट प्रहरीले असईको परिचयपत्र बरामद गरेको छ ।
असोज २९ मा पक्राउ परेका शाहीको साथबाट प्रहरी सहायक निरीक्षकको परिचयपत्र बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्त समेत हुन् ।
शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो ।
उनले कोरिया पठाउँछु भनेर रामेछापको सुनापति गाउँपालिका वडा नम्बर २ घर भएका ३ जना सहित ६ जनाको पासपोर्ट लिएको भेटिएको छ ।
रोजन थापा मगर सहितका युवाहरूलाई कोरिया पुगेर रकम दिए हुन्छ भनेर उनले चेक लिएको र त्यसमा रकम भरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
रेडस्टार मिडियाको पत्रकार बनाएर कोरिया पठाउँछु भनेर उनले खाली चेक लिएका हुन् । प्रतिव्यक्ति १२ लाख लाग्छ भनेर उनले चेक लिएको पीडितहरूको भनाइ छ ।
पीडितहरूले सो चेकमा रकम भरेर बाउन्स गरेको भन्दै शाही विरुद्ध काठमाडौँ प्रहरीमा उजुरी गरेका छन् ।
शाहीले जापान पठाउँछु भनेर पनि ठगी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही शीलत निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी भएको फोटो सामाजिक सञ्जालमा यत्रतत्र छ ।
सरकार विस्तार भएसँगै उनले संवैधानिक निकाय र उच्च पदस्थ सरकारी अधिकारीहरूलाई धम्क्याउन थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण