केन विलियम्सन लखनउ सुपर जायन्ट्सको रणनीतिक सल्लाहकारमा नियुक्त
सारांश
- केन विलियम्सन लखनउ सुपर जायन्ट्सको रणनीतिक सल्लाहकारको रूपमा नियुक्त भएका छन्।
- सञ्जीव गोयन्काले विलियम्सनको नेतृत्व र रणनीतिक क्षमताको प्रशंसा गरे।
- लखनउले कार्ल क्रोलाई स्पिन बलिङ प्रशिक्षक र जस्टिन ल्याङ्गरलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।
लखनउ । न्युजिल्यान्डका पूर्वकप्तान केन विलियम्सन आगामी २०२६ सिजनअघि आईपीएल फ्रेन्चाइज लखनउ सुपर जायन्ट्सको रणनीतिक सल्लाहकारको रूपमा जोडिएका छन्। टोलीका मालिक सञ्जीव गोयन्काले बिहीबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।
विलियम्सनको नियुक्तिबारे गोयन्काले भने, ‘उहाँको नेतृत्व, रणनीतिक अन्तर्दृष्टि, खेलको गहिरो बुझाइ, र खेलाडीहरूलाई प्रेरित गर्ने क्षमताले उहाँलाई टोलीका लागि अमूल्य बनाउँछ ।’ ३५ वर्षीय विलियम्सन अन्तर्राष्ट्रिय क्रिकेटबाट सेवानिवृत्त नभए पनि न्युजिल्यान्ड क्रिकेटसँग आकस्मिक सम्झौतामा रहेकाले उनको उपस्थिति छिटपुट हुने सम्भावना छ।
विलियम्सनले भने– ‘लखनउसँग जोडिन पाउँदा साँच्चै उत्साहित छु। उनीहरूसँग एक असाध्यै प्रतिभाशाली टोली र प्रशिक्षकहरूको ठूलो समूह छ, जससँग काम गर्न म तत्पर छु। आईपीएलमा संलग्न हुनु सधैँ विशेष हुन्छ।
लनखउले कोलकाता नाइट राइडर्सका पूर्वप्रशिक्षक कार्ल क्रो लाई स्पिन बलिङ प्रशिक्षकका रूपमा पनि नियुक्त गरेको छ। यस्तै, जस्टिन ल्याङ्गर र भरत अरुण क्रमशः मुख्य प्रशिक्षक र फास्ट बलिङ प्रशिक्षकको रूपमा रहने पुष्टि भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण