माडागास्करमा जेनजी आन्दोलन : राष्ट्रपति भागेपछि सेनाका कर्णेल नयाँ राष्ट्रपति बन्दै
सारांश
- माडागास्करमा सैन्य विद्रोहपछि नयाँ सैन्य नेताले राष्ट्रपतिको रूपमा शपथ लिने घोषणा गरे।
- विद्रोही सेनाको कारण राष्ट्रपति एन्ड्री राजोएलिना देश छोड्न बाध्य भए, जसले संवैधानिक संकट निम्त्यायो।
- राजनीतिक अस्थिरता बढेपछि राजोएलिनाले फ्रान्सेली सैन्य विमानबाट देश छाडे।
माडागास्कर । जेनजी विद्रोहको बलमा सत्तामा आएका माडागास्करका नयाँ सैन्य नेताले देशको राष्ट्रपतिको रूपमा शपथ लिने घोषणा गरेका छन्।
सेनाले सत्ता कब्जा गरेपछि राष्ट्रपति एन्ड्री राजोएलिना गत हप्ता देश छोडेर भाग्न बाध्य भएका थिए। कर्णेल माइकल रान्ड्रियनिरिनाले बुधवार साँझ आफूले शुक्रबार देशको नयाँ राष्ट्रपतिको रूपमा शपथ लिने घोषणा गरेका हुन् ।
यो घोषणाले देशलाई गहिरो संवैधानिक सङ्कटमा धकेलेको छ । राजोएलिनाले राष्ट्रपति पदबाट राजीनामा दिन अस्वीकार गरेका छन् भने उनले पहिले नै राष्ट्रिय सभा विघटन गर्न आदेश दिएका थिए। उनले सभामाथि रान्ड्रियनिरिनासँग मिलेर सैन्य सत्ता कब्जा गरेको आरोप पनि लगाएका थिए।
बुधवार साँझ एएफपी समाचार एजेन्सीलाई दिएको एक बयानमा राजोएलिनाले ‘राज्य प्रमुखको जीवनमाथि स्पष्ट र अत्यन्त गम्भीर खतराहरू’ आएपछि उनी अक्टोबर ११ र १२ बिच देश छोडेर हिँडेका थिए। समाचार रिपोर्टहरूका अनुसार राजोएलिनालाई आइतबार फ्रान्सेली सैन्य विमानबाट बाहिर निकालिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण