च्याम्पियन्स लिगमा आर्सनल, रियल म्याड्रिड र बायर्नको विजयी यात्रा
काठमाडौँ । युरोपेली महिला फुटबलको प्रतिष्ठित प्रतियोगिता यूईएफए महिला च्याम्पियन्स लिगको दोस्रो खेल सप्ताहमा आर्सनल, रियल म्याड्रिड र बायर्न म्युनिखले जित दर्ता गरेका छन् ।
नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न तीन रोमाञ्चक खेलहरूमध्ये पहिलोमा रियल म्याड्रिडले पेरिसलाई २–१ गोलले पराजित गर्यो। म्याड्रिडका लागि नाओमी फेलरले २९औँ मिनेटमा र आल्बा रेडोन्डोले पहिलो हाफको इन्जुरी समयमा गोल गरिन। पेरिसका लागि राशिदात आजिबाडेले ५७औँ मिनेटमा सान्त्वना गोल फर्काइन्।
त्यसैगरी, अर्को खेलमा बायर्न म्युनिखले युभेन्टसलाई २–१ गोलले हरायो। बायर्नका लागि पर्निल हार्डरले ११औँ मिनेटमा अग्रता दिलाएकी थिइन् भने अन्तिम क्षणमा लिया शुलरले इन्जुरी समयको चौथो मिनेट ९९०ं४० मा निर्णायक गोल गरिन्। युभेन्टसका इभा शात्जरले १७औँ मिनेटमा बराबरी गोल गरेकी थिइन्।
तेस्रो खेलमा आर्सनलले बेन्फिकालाई २–० ले हरायो। आर्सनलका लागि बेथ मिडले ५७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् भने अलेसिया रूसोले ८९औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई पूर्ण तीन अङ्क दिलाइन्।
जितसँगै तीनै टोलीले समूह चरणमा समान तीन–तीन अङ्क प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण