ओसाकामा राहदानी र कन्सुलर सेवाका लागि घुम्ती शिविर
शुक्रबार, ३१ असोज २०८२, ०८ : ४६
सारांश
- टोकियोस्थित दूतावासले जापानको ओसाकामा राहदानी र कन्सुलर सेवाका लागि घुम्ती सेवा सञ्चालन गर्ने भएको छ।
- गैरआवासीय नेपाली संघ जापान र क्षेत्रीय समिति, कान्साईसँगको सहकार्यमा सेवा सञ्चालन हुनेछ।
- सेवा कात्तिक १५ गतेदेखि तीन दिनसम्म बिहान ९:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म सञ्चालन हुनेछ।
काठमाडौँ । नेपाली राजदूतावास टोकियोद्वारा गैरआवासीय नेपाली संघ जापान र क्षेत्रीय समिति, कान्साईसँगको सहकार्यमा ओसाकामा राहदानी र कन्सुलर सेवाका लागि घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।
उक्त क्षेत्रहरूमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती सेवा मार्फत राहदानी तथा कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय भएको नेपाली राजदूतावास टोकियोले जानकारी दिएको छ ।
कात्तिक १५ देखि तीन दिन बिहान ९:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म सेवा सञ्चालन हुने सूचनामा उल्लेख छ ।
राहदानीको म्याद सकिएको वा नोभेम्बर ३, २०२६ सम्म म्याद भएका, राहदानी हराएका वा अन्य कारणले प्रयोग गर्न नमिल्ने अवस्था भएको राहदानी नवीकरण गर्न सकिने दूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण