कात्तिक १३ देखि मकवानपुर जिल्ला अदालतमा नियमित सुनुवाइ
सारांश
- मकवानपुर जिल्ला अदालतले कात्तिक १३ गतेदेखि मुद्दाहरूको नियमित सुनुवाइ सुरु गर्ने भएको छ।
- जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि अदालतको काम प्रभावित भएको थियो।
- अदालतले बन्दी प्रत्यक्षीकरण जस्ता विशेष सेवाहरू भने सञ्चालन गरिरहेको थियो।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण प्रभावित बनेको मकवानपुर जिल्ला अदालतको कामकारबाही पुनः पूर्णरुपमा सुरु हुने भएको छ । अदालतले एक सूचना जारी गर्दै आगामी कात्तिक १३ गतेदेखि मुद्दाहरूको नियमित सुनुवाइ प्रारम्भ गर्ने जनाएको हो ।
आन्दोलनका क्रममा अदालतमा आगजनी भएपछि नियमित सेवा प्रभावित भएको थियो । यद्यपि, अदालतले बन्दी प्रत्यक्षीकरण जस्ता विशेष सेवाहरु भने सञ्चालन गरिरहेको थियो । जिल्ला बार एसोसिएसन, मकवानपुरसँगको सहकार्यमा मुद्दाको प्राथमिकता निर्धारण गरी नियमित रूपमा सम्पूर्ण सुनुवाइ अगाडि बढाइने भएको अदालतका निमित्त श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।
उनका अनुसार, असार ३० गते बार एसोसिएसन र अदालतको पूर्ण बैठकले नियमित पेशी सुचारु गर्ने निर्णय गरेको हो । यसका साथै, साप्ताहिक पेशी सूची कात्तिक २ गते अदालतको सूचना पाटीमा टाँस गरिने उनले बताए ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते मकवानपुर जिल्ला अदालत पनि आगजनीको गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण