पूर्वडीआईजी कृष्ण रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
सारांश
- अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो।
- उनलाई ७० औँ प्रहरी दिवसको अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले अवार्ड हस्तान्तरण गरे।
- राना २०३५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरी २०६५ मा अवकाश भएका थिए।
काठमाडौँ । अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ७० औँ प्रहरी दिवसको अवसरमा उनलाई सो अवार्ड प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२०३५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका रानाले २०६५ असोजमा अनिवार्य अवकाश पाएका थिए । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले रानालाई अवार्ड हस्तान्तरण गरे ।
पूर्वडीआईजी राना २०११ मा दाङको घोराहीमा जन्मेका थिए । काठमाडौँको महाराजगन्जमा बस्दै आएका उनले प्रहरी सेवामा रहँदा चुनौतीपूर्ण काम कुशलतापूर्वक सम्पन्न गरेको प्रहरी प्रधान कार्यालयको विश्लेषण छ ।
उनले पाटन क्याम्पसबाट स्नातक तह पुरा गरेका थिए । २०६३ साउनमा डीआईजी पदमा बढुवा भएका रानाले प्रहरी सेवा पदक र विख्यात त्रिशक्तिपट्ट सहितका पदक प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण