सुरु भयो कांग्रेस केन्द्रीय समिति, सदस्यहरूले एजेन्डा केन्द्रित धारणा राख्दै
सारांश
- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा सुरु भएको छ।
- बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेका एजेन्डामा सदस्यहरूले धारणा राख्नेछन्।
- बैठकमा जेनजी प्रदर्शन, निर्वाचन, र पार्टीको महाधिवेशनबारे छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा बिहीबार महामन्त्री गगन थापाले प्रस्तुत गरेका एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको बैठकमा महामन्त्री थापाले बिहीबार जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन, मुलुकको शान्ति सुरक्षा एवं सुशासनको अवस्था, पार्टीको पन्ध्रौँ महाधिवेशन गर्नका लागि कार्यतालिका निर्माण, क्रियाशील सदस्यतालगायत विषयमा ८ एजेन्डा प्रस्तुत गरेका थिए ।
तीनै एजेन्डाका केन्द्रित रहेर आज सदस्यहरूले धारणा राख्नेछन् । बिहीबारको बैठकमा सात सदस्यले मात्रै धारणा राखेका थिए ।
असोज २६ गतेबाट सुरु बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण