पार्टी खोल्ने जेनजी अभियन्ता ढुंगानाको घोषणा
सारांश
- मिराज ढुङ्गानाले 'गरिखान देऊ' अभियानमार्फत नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन्।
- उनले तत्काल निर्वाचनमा नजाने तर आमूल परिवर्तनका लागि शान्तिपूर्ण रूपमा लाग्ने बताएका छन्।
- उनले कात्तिक १ गते प्रेसमिट गरेर पार्टीबारे थप जानकारी दिने बताएका छन्।
काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने भएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुङ्गानाले ‘गरिखान देऊ’ अभियानमार्फत राजनीतिक दल खोल्न लागेको जनाएका हुन् ।
जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ । तर उनले पार्टी खोलेपनि अहिलेकै अवस्थामा निर्वाचनमा नजाने दाबी गरेका छन् ।
‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,विदेशमा भएका नेपालीले भोट गर्ने सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण गर्न नागरिकस्तरको बडी नबनेसम्म हामी निर्वाचनमा जानेवाला छैनौँ’, भिडियोमार्फत उनले भनेका छन् । त्यसैले उनले आमूल परिवर्तन ल्याउन डटेर शान्तिपूर्ण लाग्ने र पार्टी गठन गर्न वार्ता समिति गठन गरेको पनि बनाएका छन् । कात्तिक १ गते प्रेसमिट गरेर यसबारे थप जानकारी दिन लागेको ढुङ्गानाले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण