शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय कमिटी बैठक

नेतृत्व हस्तान्तरण गर्न ओलीलाई योगेशको प्रस्ताव (पूर्णपाठ)

शुक्रबार, ३१ असोज २०८२, १६ : ०४
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • एमाले सचिव योगेश भट्टराईले केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिए।
  • भट्टराईले पार्टी पुनर्गठनका लागि वरिष्ठ नेतालाई कार्यवाहक दिने वा महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए।
  • उनले ओलीलाई आगामी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गरी बाटो खोल्न आग्रह गरे।

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष पार्टी पुनर्गठनको महत्त्वपूर्ण आयाम नेतृत्व हस्तान्तरण भएको भन्दै केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् । पार्टीको १० औँ केन्द्रीय कमिटी बैठकमा ‘आजको सङ्कट र पार्टी पुनर्गठन’ विषयमा आफ्नो धारणा राख्दै सचिव भट्टराईले अध्यक्ष ओलीलाई यस्तो सुझाव दिएका हुन् ।  

‘पार्टी पुनर्गठनको महत्त्वपूर्ण आयम नेतृत्वको हस्तान्तरण हो’, भट्टराईले भनेका छन् । उनले विधान महाधिवेशन मार्फत वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको ११ औँ महाधिवेशनबाट पुनः अध्यक्ष हुने गरी मनोवैज्ञानिक सन्देश प्रवाह गरे पनि मुलुकमा उत्पन्न अकल्पनीय र असाधारण परिस्थिति, आम जनताको अपेक्षा लगायतका कुरालाई मनन गर्दै अब ती मनोविज्ञान माथि पुनर्विचार गर्नुपर्ने बताएका छन् । ‘यसका लागि वर्तमान पार्टी अध्यक्ष कमरेडले सहजतापूर्वक नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्नु उपयुक्त हुन्छ’, सचिव भट्टराईले भनेका छन्, ‘यसका दुईवटा बाटाहरू छन् ।’

त्यसमध्ये पहिलो तत्कालै पार्टीका वरिष्ठतम् नेतालाई कार्यवाहकको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व निर्वाचित गर्ने र उक्त नेतृत्वको वरिपरि पार्टीलाई गोलबन्द र एकताबद्ध गर्नुपर्ने भट्टराईको विकल्प छ । 

त्यसैगरी दोस्रो विकल्पमा पार्टी अध्यक्षको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने । ‘अध्यक्ष कमरेडले महाधिवेशन मार्फत नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने । यसमध्ये कुन विकल्पमा जाने अध्यक्ष कमरेडको अन्तरआत्मलाई छोड्दिने’, भट्टराईले बैठकमा राखेको लिखित धारणामा उल्लेख छ । 

पूर्णपाठ-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप