मेक्सिकोका राजदूतसँग नेपाली राजदूत क्षेत्रीको भेट, यूएईबाट मेक्सिकन नागरिकले गर्ने मतदानबारे चासो
शुक्रबार, ३१ असोज २०८२, १६ : ४९
सारांश
- युएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री र मेक्सिकोका राजदूत लुइस आल्फोन्सो डे आल्बाबीच भेटघाट भयो।
- भेटमा युएईमा रहेका मेक्सिकन नागरिकको मतदान प्रक्रिया र दुई देशबीचको हितबारे छलफल भयो।
- दुई देशबीच आपसी सहयोग, दूतावासीय समन्वय र सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भयो।
अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आज यूएईकै लागि मेक्सिकोका राजदूत लुइस आल्फोन्सो डे आल्बासँग भेट गरेका छन् ।
मेक्सिकन दूतावासमा भएको उक्त भेटमा युएईमा बसोबास गरिरहेका मेक्सिकन नागरिकहरूले स्वदेशमा निर्वाचन हुँदा मतदान गर्ने प्रक्रिया लगायत दुई देशबीच आपसी हितका विभिन्न विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, अबुधाबीले जनाएको छ।
भेटका क्रममा दुबै पक्षबीच आपसी सहयोग, दूतावासीय समन्वय र मित्रवत् सम्बन्ध अझ प्रगाढ बनाउनका विषयमा समेत विचार–विमर्श भएको बताइएको छ।
उक्त भेटघाटमा मेक्सिकन दूतावासका कन्सुलर हुआन एम. सान्चेज र नेपाली राजदूतावासका प्रथम सचिव भूपेन्द्र प्रसाद घिमिरेको पनि उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण