मलेसिया
मलेसियामा अपराध दरमा वृद्धि
शुक्रबार, ३१ असोज २०८२, २२ : ५४
सारांश
- सन् २०२४ मा मलेसियामा आपराधिक घटना ११.१ प्रतिशतले बढेर ५८,२५५ पुगेको छ।
- सम्पत्तिसम्बन्धी अपराध, जस्तै चोरी, डकैती, र लुटपाटमा वृद्धि भएको छ, जुन अपराध वृद्धिको मुख्य कारण हो।
- हत्याका घटनामा भने ९.५ प्रतिशतले कमी आएको छ, जम्मा २३७ हत्याका घटनाहरू दर्ता भएका छन्।
क्वालालम्पुर । मलेसियामा सन् २०२४ को वर्षभरि ५८ हजार दुई सय ५५ आपराधिक घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव १ प्रतिशतले बढी हो ।
मलेसिया तथ्याङ्क विभागले बिहीबार जारी गरेको प्रतिवेदनअनुसार, अपराध दर वृद्धिको मुख्य कारण सम्पत्ति सम्बन्धी अपराधहरू हुन्, जसमा चोरी, डकैती, लुटपाटजस्ता घटना पर्दछन् ।
यी अपराधहरू १२ दशमलव ४ प्रतिशतले वृद्धि भई ४७ हजार १ सय ८८ घटनामा पुगेका छन् ।
यद्यपि समग्र अपराध दरमा वृद्धि देखिएको भए पनि, हत्या सम्बन्धी घटनामा भने कमी आएको छ ।
जानिबुझी गरी गरिने हत्याका घटना ९ दशमलव ५ प्रतिशतले घटेर २ सय ३७ मा सीमित भएको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण