जसपा नेपालको कर्णाली प्रदेश अधिवेशन आज
सारांश
- जसपा नेपालले प्रदेश समितिको अधिवेशन गर्दैछ, जसमध्ये कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा हुँदैछ।
- कोशी र मधेस प्रदेशमा अधिवेशन सम्पन्न भयो, जसमा विभिन्न पदाधिकारीहरू निर्वाचित भए।
- लुम्बिनी प्रदेशले कार्तिक २९ र ३० गते भैरहवामा अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश समितिको अधिवेशनमा जुटेको छ । पार्टीले दुइवटा प्रदेश समितिको अधिवेशन गरेको छ भने आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समितिको अधिवेशन गर्न लागेको पार्टी प्रचार विभागले जनाएको छ ।
पार्टीका महासचिव रामकुमार शर्माले कर्णाली प्रदेश समितिको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । जसपा नेपालले कोशी प्रदेश समिति र मधेस प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको छ ।
कोशी प्रदेश समितिको अधिवेशनबाट दीपक याक्खाको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित भएको छ । प्रदेश समितिको उपाध्यक्षमा अनील ठाकुर, हस्तशोधा राई विष्णुकुमार लावती मुख्यसचिवमा घनश्याम कटुवाल सचिवहरूमा आइत चेम्जोङ, मनोज यादव, दीपेन्द्र रुम्दाली र कोषाध्यक्षमा केशव जवेगू निर्वाचित भएका छन् ।
त्यसैगरी मधेस प्रदेश समितिको अधिवेशनबाट अध्यक्षमा बालकिशोर प्रसाद यादव, मुख्य सचिवमा ज्ञानेन्द्र यादव र कोषाध्यक्षमा विष्णु साह निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदाधिकारी र सदस्यहरू निर्वाचित हुने प्रक्रियामा रहेको बताइएको छ ।
जसपा नेपालको लुम्बिनी प्रदेश समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश समितिले कार्तिक २९ र ३० गते भैरहवामा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।
जसपा नेपालका बाँकी प्रदेश समितिले अधिवेशनको तयारी गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण