दिव्या र दुर्गा ‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’ घोषित
सारांश
- काठमाडौंमा आयोजित कार्यक्रममा दिव्या पात्रा 'मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२५' र दुर्गा ढकाल 'मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५' घोषित भए।
- उनीहरू दुवैले नोभेम्बरमा थाइल्यान्डमा हुने 'मिस एन्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२५' मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
- यो प्रतियोगिता युनेस्कोको सम्पदा सूचीमा परेका ४० देशका सहभागीहरू माझ हुनेछ, जसमा उनीहरूले आफ्नो देशको संस्कृति प्रदर्शन गर्नेछन्।
काठमाडौँ । ‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ दिव्या पात्रा र दुर्गा ढकाल घोषित भएका छन् । ग्रिन आर्ट्स मिडिया प्रालिले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दिव्या ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ र दुर्गा ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ घोषित भएका हुन् ।
दिव्या र दुर्गा दुवैले आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२५’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
थाइल्यान्डमा आयोजना हुने ‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२५’ युनेस्कोको ऐतिहासिक र महत्त्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका ४० देशका सहभागिता रहने गर्छ । प्रतियोगीले आ–आफ्नो मुलुकको सम्पदा र संस्कृतिको समेत कार्यक्रममा प्रवर्द्धन गर्दै आएका छन् ।
प्रतियोगिताको आयोजक ई–पालानेट नेपाल रहेको छ । विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिको उद्देश्यले ई–पालानेट नेपालले प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा दिव्या र दुर्गालाई व्यक्तित्व, सञ्चार कला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमता आदिको विकास, प्रभावकारिता र स्टेज प्रस्तुतिको प्रशिक्षण सहित सहभागी गराइने प्रतियोगिताकी नेसनल निर्देशक अनिला श्रेष्ठले बताइन् ।
श्रेष्ठ प्रतियोगिताका ग्रुमिङ कोरियोग्राफर तथा पेजेन्ट कोच पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण