रौतहटमा प्रहरी कर्मचारी सम्मानित
सारांश
- रौतहट प्रहरी कार्यालयका अधिकृत र जवानहरूलाई उत्कृष्ट कार्यसम्पादनको लागि सम्मान गरिएको छ।
- प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न प्रहरी अधिकृत र जवानहरूलाई सम्मान प्रदान गरियो।
- प्रहरी जवान आमोदकुमार यादवलाई सुटकेस हत्याकाण्ड र शव प्रकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा सम्मान गरियो।
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवान उत्कृष्ट कार्य सम्पादन गरेकोमा सम्मानित भएका छन् । ‘७०औँ प्रहरी दिवस–२०८२” को अवसरमा प्रहरी अधिकृत तथा जवानहरूलाई विशेष सम्मान गरिएको सम्मान गरिएको हो।
प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले इन्स्पेक्टर रामकुमार महतो, प्रवेश कार्की, कमल लुङ्गेली, सरोज डालाकोटी, सुरेन्द्र यादव, वरिष्ठ सई राजेन्द्र गिरी, सई तुलप्रसाद पुडासैनी, नवराज खरेल तथा असईहरू रागनी कुमारी र टिकामाया शिवाकोटी, प्रहरी जवान आमोदकुमार यादवलाई सम्मान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।
निरन्तर मेहनत, ईमान्दारी, जिम्मेवारी र पेसागत प्रतिबद्धताका कारण नेपाल प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद १५, नियम १९७ बमोजिम उनलाई सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरी जवान आमोदकुमार यादवले विगत केही महिनादेखि रौतहटको चर्चित सुटकेस हत्याकाण्ड तथा दुर्गाभगवती गाउँपालिका–५ झाझ खोलाको झोलुङ्गे पुल नजिक फेला परेको महिलाको शव प्रकरणमा सक्रिय भूमिका निर्वाह गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन महत्त्वपूर्ण योगदान दिएकोमा उनलाई सम्मान गरिएको जनाइएको छ ।
कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। एसपी गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रहरी अधिकृत, जवान, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारजनको सहभागिता रहेको थियो।
सो अवसरमा प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले स्वागत मन्तव्य दिएका थिए भने प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण