गोरखा बजारबाट २० किलोग्राम पटका बरामद
शनिबार, ०१ कात्तिक २०८२, २१ : ५०
सारांश
- गोरखा बजारबाट प्रहरीले २० किलोग्राम पटका बरामद गरेको छ।
- प्रहरीले पटका बिक्रीवितरण तथा प्रयोग नगर्न सूचना जारी गरेको थियो।
- कानून उल्लंघन गर्नेलाई कारबाही गरिने प्रहरी उपरीक्षक भरत विकले बताए।
गोरखा । प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ । गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा सो परिमाणको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पटका बिक्री वितरण तथा प्रयोग नगर्न/नगराउन यसअघि प्रहरीले पटकपटक सूचना जारी गरेको थियो । शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सो सूचना गरिएको जनाउँदै प्रहरीले पुनः पटका राख्ने तथा पट्काउने गरे नगरेको चेकजाँच र खानतलासी गरिने जनाएको छ ।
त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण