पार्टी एकताबारे विप्लवको प्रस्टीकरण– अब पुरानो ढङ्गले अगाडि बढ्दैन
आइतबार, ०२ कात्तिक २०८२, १४ : १०
सारांश
- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नयाँ कम्युनिस्ट केन्द्र बनाउन छलफल भइरहेको बताए।
- विप्लवले माओवादी केन्द्र लगायतका घटकहरूसँग फरक ढङ्गले छलफल भइरहेको जनाए।
- उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ तरिकाले अगाडि बढाउनुपर्ने बताए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहपछि नयाँ कम्युनिस्ट केन्द्र बनाउने गरी नेकपा माओवादी केन्द्र लगायत घटकहरू छलफल चलिरहेको बताएका छन् । नेकपाले आइतबार काठमाडौँमा गरेको विशेष पत्रकार सम्मेलनमा विप्लवले हिजोको जस्तो नभई फरक ढङ्गले छलफल अगाडि बढेको स्पष्ट पारे ।
‘माओवादी घटकहरूबिच पार्टी एकताको विषय कतै अल्झिएको छैन,अगाडि बढिरहेको छ । हिजो एउटा ढङ्गले अगाडि बढेको थियो । जेनजी विद्रोहपछि अर्को ढङ्गले बढेको छ’, उनले भने, ‘यसबारे सबै कम्युनिस्ट पार्टीका नेताहरूसँग एउटै नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाने विषयमा छलफल भइरहेको छ । अब पहिलेको जसरी कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन । नयाँ बहस आवश्यक छ । माओवादीसँग पनि यही ढङ्गले छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण