मेयर साहद्वारा गौर घण्टाघरको उद्घाटन
सारांश
- रौतहटको गौरमा निर्मित घण्टाघरको भव्य समारोहका बीच उद्घाटन गरियो।
- मेयर शम्भु साहले माता दुर्गाको प्रतिमामा माला र अबिर चढाएर नगरको शान्ति र समृद्धिको कामना गरे।
- घण्टाघर १ करोड ५३ लाखमा निर्माण सम्पन्न भएको थियो, र यसको संरक्षण सबैको जिम्मेवारी हो।
रौतहट । रौतहटको सदरमुकाम गौरस्थित बीपी चोकमा निर्माण गरिएको घण्टाघरको आइतबार भव्य समारोहबिच औपचारिक उद्घाटन गरिएको छ। गौर नगरपालिकाका मेयर शम्भु साहले रिबन काटेर घण्टाघरको उद्घाटन गरे।
उद्घाटनका क्रममा उनले घण्टाघरको बिचमा स्थापित माता दुर्गाको प्रतिमामा माला र अबिर चढाउँदै नगरको शान्ति, एकता र समृद्धिको कामना गरे। नगरपालिकाले १ करोड ५३ लाख ६० हजार ६१६ रुपैयाँमा राष्ट्र निर्माण सेवा राजदेवीसँग निर्माण सम्झौता गरेको थियो। उक्त कम्पनीले २०८१ पुस ३० गते निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो।
प्रारम्भमा यहाँ बीपी कोइरालाको सालिक स्थापना गरिए पनि जेनजी आन्दोलनका क्रममा सालिक भत्किएपछि माता दुर्गाको प्रतिमा स्थापना गरी पूजा-पाठ सुरु गरिएको थियो।
मेयर साहले घण्टाघर गौर नगरवासीको साझा सम्पत्ति भएको बताउँदै यसको संरक्षणमा सबैको जिम्मेवारी रहेको उल्लेख गरे। उनले नगरको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण