एसिया-प्यासिफिक एमेच्योरमा सद्भाव र राहुलले प्रतिस्पर्धा गर्ने
सारांश
- सद्भाव आचार्य र राहुल विश्वकर्मा एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्।
- राहुल विश्वकर्मा सोमबार दुबई प्रस्थान गर्दैछन्, उनलाई बिदाई गरिएको छ।
- नेपाल गल्फ संघले यसपटक उत्कृष्ट नतिजाको अपेक्षा गरेको छ।
- यो च्याम्पियनसिपको विजेताले द मास्टर्स र द ओपन च्याम्पियनसिपमा स्थान सुरक्षित गर्नेछ।
काठमाडौँ । नेपालका शीर्ष एमेच्योर गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्माले एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। दुबईस्थित इमिरेट्स गल्फ क्लबमा अक्टोबर २३ देखि २६ तारिखसम्म यो च्याम्पियनसिप हुँदैछ।
प्रतियोगितामा भाग लिन राहुल विश्वकर्मा सोमबार दुबई प्रस्थान गर्ने छन्। उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आइतबार बिदाइ गरे। अमेरिकामा रहेका सद्भाव भने त्यहीँबाट दुबई जाने छन्। दुवै खेलाडीले प्रतियोगिताअघि दुई अभ्यास राउन्ड खेल्नेछन्।
नेपाल गल्फ संघले यो पटक सद्भावको अमेरिकाको अनुभव र राहुलको भारतमा गरिएको प्रशिक्षणका कारण उत्कृष्ट नतिजाको अपेक्षा गरेको छ। यसअघि २०२२ मा सुवास तामाङले मात्र कट बनाएर नेपालको उत्कृष्ट प्रदर्शन गरेका थिए।
यो च्याम्पियनसिपको विजेताले द मास्टर्स र द ओपन च्याम्पियनसिपमा स्थान सुरक्षित गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण