विराटनगर किङ्सले अस्ट्रेलियाका अलराउन्डर स्याम हिजलेटलाई अनुबन्ध गर्यो
सारांश
- विराटनगर किङ्सले नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि अस्ट्रेलियाका अलराउन्डर स्याम हिजलेटलाई अनुबन्ध गरेको छ।
- हिजलेट अस्ट्रेलियाको यु-१९ टोलीबाट खेलिसकेका र बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेका अनुभवी खेलाडी हुन्।
- विराटनगर किङ्सले यसअघि स्कटल्यान्डका जोर्ज मुन्सीलाई पनि टिममा समावेश गरेको छ र उपाधि जित्ने लक्ष्य राखेको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि विराटनगर किङ्सले अस्ट्रेलियाका अलराउन्डर स्याम हिजलेटलाई अनुबन्ध गरेको छ।
हिजलेट अस्ट्रेलियाको यु–१९ राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका साथै बिग ब्यास लिगमा ब्रिस्बेन हिट र होबार्ट हुरिकेन्सबाट उत्कृष्ट प्रदर्शन गरिसकेका अनुभवी खेलाडी हुन् । उनले ५० भन्दा बढी बिग ब्यास म्याच खेल्दै प्रभावशाली स्ट्राइक रेट कायम गरेका छन्।
विराटनगर किङ्सले उनको आगमनले टोलीको मध्यक्रम थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। क्लबका अनुसार, हिजलेटको अनुभव, ब्याटिङ शैली र खेल बुझ्ने क्षमता टोलीमा नयाँ ऊर्जा र आत्मविश्वास थप्नेछ।
यसअघि विराटनगर किङ्सले स्कटल्यान्डका ओपनर ब्याट्सम्यान जोर्ज मुन्सी लाई पनि टोलीमा समावेश गरिसकेको छ। सन्तुलित संयोजनका साथ आगामी सिजन उपाधि जित्ने लक्ष्यसहित टोली तयारीमा तीव्र गतिमा अघि बढिरहेको छ।
विराटनगर किङ्स कोशी प्रदेशको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टिम हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण