मेस्सीलाई गोल्डेन बुट, इन्टर मियामी प्लेअफमा
मियामी । इन्टर मियामीका कप्तान लियोनेल मेस्सीले मेजर लिग सकर (एमएलएस) को नियमित सिजनको अन्तिम दिन ह्याट्रिक गर्दै २०२५ को एमएलएस गोल्डेन बुट पुरस्कार जितेका छन्।
शनिबार नासभिल एससीमाथि ५-२ को जित निकाल्दा मेस्सीले तीन गोल र एक असिस्ट दिए।
मेस्सीले २८ खेलमा २९ गोल गर्दै पहिलो पटक लिगको शीर्ष स्कोरर बनेका हुन्। उनको नजिकका प्रतिद्वन्द्वी डेनिस बोआङ्गा र साम सुर्रिजले २४-२४ गोल गरेका थिए। मेस्सीले १९ असिस्ट पनि दिए, जसले उनलाई कार्लोस भेलाको ४९ गोल योगदानको कीर्तिमान नजिक पुर्याएको छ।
मेस्सीको प्रदर्शनले इन्टर मियामीलाई इस्टर्न कन्फरेन्समा तेस्रो स्थानमा पुर्याउँदै प्लेअफका लागि होम–फिल्डको फाइदा दिलाएको छ। टिमले अब प्लेअफको पहिलो राउन्डमा फेरि नासभिलसँग खेल्नेछ।
मेस्सीले यस वर्ष २०२५ एमएलएस एमभीपी अवार्ड पनि जित्न पर्याप्त प्रदर्शन गरेको प्रशिक्षक जाभियर मास्चेरानोले बताएका छन्। मेस्सीले गत वर्ष पनि एमभीपी अवार्ड जितेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण