ग्रामीण विकास र समाज लघुवित्तको एकीकृत कारोबार सुरु, कुल पुँजी १ अर्ब पुग्यो
सारांश
- बुटवलमा केन्द्रीय कार्यालय रहेको ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई एकीकृत कारोबार सुरु भएको छ।
- मर्जरपछि संस्थाको कुल पुँजी १ अर्ब रुपैयाँ पुगेको छ, जसमा ग्रामीण विकासको ९८ करोड र समाज लघुवित्तको २ करोड थियो।
- ग्रामीण विकास लघुवित्तका अध्यक्ष भरतराज कोइरालाले एकीकृत कारोबार शुभारम्भको घोषणा गरे, गरिबी निवारणमा सहयोग पुग्ने दाबी गरे।
रुपन्देही । बुटवलमा केन्द्रीय कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीको समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई एकीकृत कारोबार सुरु गरेका छन्।
दुवै संस्थाबिच मर्जर प्रक्रिया सम्पन्न भएपछि आज (आइतबार) देखि औपचारिक रूपमा एकीकृत वित्तीय कारोबार सुरु भएको हो। मर्जरपछि संस्थाको कुल पुँजी १ अर्ब रुपैयाँ पुगेको छ। यसअघि ग्रामीण विकास लघुवित्तको पुँजी ९८ करोड र समाज लघुवित्तको पुँजी २ करोड रुपैयाँ रहेको थियो।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाले एक कार्यक्रमका बिच एकीकृत कारोबार शुभारम्भको घोषणा गरे। उनले ग्रामीण क्षेत्रमा गरिबी निवारणका लागि कार्यरत यी दुई संस्था गाभिनु सबैका लागि हितकर भएको दाबी गरे।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले विगत तीन दशकदेखि ग्रामीण क्षेत्रका न्यून आय भएका महिलाहरूको आर्थिक सरलीकरणमा योगदान पुर्याउँदै आएको ग्रामीण विकासले आफ्नो पुँजी र कार्यक्षेत्रलाई थप बलियो बनाउन मर्जरको योजना अघि बढाएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण