महिला एकदिवसीय विश्वकप : भारतलाई हराउँदै इङ्गल्याण्ड सेमिफाइनलमा
सारांश
- इङ्गल्याण्डले महिला एकदिवसीय विश्वकपमा भारतलाई ४ रनले पराजित गर्यो, जसले गर्दा भारतको लगातार तेस्रो हार भयो।
- इङ्गल्याण्डले जितसँगै सेमिफाइनलमा स्थान पक्का गर्यो, जबकि अस्ट्रेलिया र दक्षिण अफ्रिका पहिले नै नकआउट चरणमा पुगिसकेका छन्।
- इङ्गल्याण्डले पहिले ब्याटिङ गर्दै २८८ रन बनायो, जसमा हीथर नाइटले १०९ रन बनाएकी थिइन्, भने भारतले २८४ रन मात्र बनाउन सक्यो।
इन्दौर । महिला एकदिवसीय विश्वकपमा आयोजक भारतले लगातार तेस्रो खेलमा पराजय बेहोरेको छ। इन्दौरको होलकर स्टेडियममा इङ्गल्याण्डले भारतलाई ४ रनको झिनो अन्तरले हराएको हो।
यो जितसँगै इङ्गल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यसअघि नै अस्ट्रेलिया र दक्षिण अफ्रिका पनि नकआउट चरणमा पुगिसकेका छन्।
आइतबार टस जितेर ब्याटिङ रोजेको इङ्गल्याण्डले पूर्व कप्तान हीथर नाइटको १०९ रनको शतकीय पारीको मद्दतमा ८ विकेट गुमाउँदै २८८ रन बनाएको थियो। उता भारतकी दीप्ति शर्माले ४ विकेट लिएकी थिइन्।
जवाफमा भारतले ४१ ओभरमा ३ विकेट गुमाएर २३४ रन बनाउँदै बलियो अवस्थामा पुगेको थियो। तर, त्यसपछिका ४ ओभरमा ३ विकेट गुमाएपछि टोली दबाबमा आयो र निर्धारित ५० ओभरमा २८४ रन मात्र बनाउन सक्यो।
भारतका लागि स्मृति मन्धानाले ८८ रन, हरमनप्रीत कौरले ७० रन र दीप्ति शर्माले ५० रन जोडे। इङ्गल्याण्डकी कप्तान नैटली स्काइवर-ब्रन्टले २ विकेट लिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण