गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ कि मगजको उपचार गर्नुपर्छ : निरज आचार्य
सारांश
- नेकपा एमालेका नेता निरज आचार्यले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि जेनजी आन्दोलनका हतियार लुटेको आरोप लगाए।
- आचार्यले गृहमन्त्रीले कैदीबन्दीलाई राजनीतिक गतिविधिमा प्रयोग नगर्ने घोषणा गर्नुपर्ने अभिव्यक्ति दिएकोमा आलोचना गरे।
- आचार्यले गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्ने वा उनको उपचार गर्नुपर्ने बताए, शान्ति सुरक्षा कायम राख्न।
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार, गोलीगठ्ठा र प्रहरीका पोसाक गृहमन्त्री ओमप्रकाश अर्यालले सञ्चालन गर्ने गिरोहसँग रहेको दाबी गरेका छन् । साथै आचार्यले कैदी बन्दीलाई राजनीतिक गतिविधि वा सरकार विरोधी क्रियाकलापमा प्रयोग नगर्ने भनेर दलहरूले घोषणा गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको चर्को आलोचना गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आचार्यले लेखेका छन्– ‘हिजो गृह मन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयमा भनेछन्–भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधी क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने माग गरेछन् ।’
उनले लुटेका हतियार, गोलीगठ्ठा र प्रहरीको पोसाक उनै गृहमन्त्री अर्यालले सञ्चालन गर्ने गिरोहसँग रहेको भन्दै भागेका कैदीबन्दी उनको सम्पर्कमा भएको तथ्य छोप्न दलहरूलाई स्वघोषणा गर्ने फतुर जारी गरेको आरोप लगाएका छन् ।
‘उनको यो अभिव्यक्ति खेदजनक छ । उनका निरन्तरका अभिव्यक्ति र क्रियाकलापहरू मुलुकमा हिंसा भड्काउने दिशामा उद्धत छन्’, आचार्यले भनेका छन्, ‘शान्ति सुरक्षा कायम गर्न र फागुन २१ मा चुनाव गराउने कार्यादेशमा जाने हो भने सुशीला श्रीमानको सरकारले गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ वा निजको मगजको राम्रो उपचार गर्नुपर्ने देखियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण