आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

दुलेगौडास्थित एक घरमा आगलागी

सोमबार, ०३ कात्तिक २०८२, २२ : १३
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा एक घरमा आगलागी भएको छ।
  • आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाले वारुणयन्त्र प्रयोग गरेका थिए।
  • विद्युत् चुहावटका कारण आगलागी भएको अनुमान गरिएको छ, क्षतिको विवरण आउन बाँकी छ।

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ ।  स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा नगरपालिकाको वारुणयन्त्र प्रयोग गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले विद्युत् चुहावट भएर आगलागी भएको अनुमान रहेको र क्षतिको विवरण आउन बाँकी रहेको बताए । उक्त घरमा फेन्सी पसल र सिलाइ पसल सञ्चालनमा थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप