बलिउड अभिनेता असरानीको निधन
मङ्गलबार, ०४ कात्तिक २०८२, ०५ : ४७
सारांश
- बलिउड अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ।
- स्वास्थ्य समस्याका कारण उनी मुम्बईको अस्पतालमा भर्ना भएका थिए।
- असरानीको अन्तिम संस्कार मुम्बईको सान्ताक्रुजमा गरिएको थियो।
नयाँ दिल्ली । बलिउडका चर्चित अभिनेता असरानीको निधन भएको छ । ८४ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको हो। असरानीका निजी सचिव बाबुभाईले उनको मृत्युको पुष्टि गरेको भन्दै बीबीसी हिन्दीले समाचार लेखेको छ ।
स्वास्थ्य समस्याका कारण विगत चार दिनदेखि उनलाई मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना गरिएको थियो । सोमबार दिउँसो ३ देखि ३ः३० बजेको बीचमा उनको निधन भएको बताइएको छ ।
उनको अन्तिम संस्कार मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगर श्मशानघाटमा गरिएको थियो, जहाँ उनका परिवारका सदस्यहरू र नजिकका आफन्तहरू उपस्थित थिए।
असरानी ८४ वर्षका थिए। उनको पूरा नाम गोवर्धन असरानी थियो र उनको जन्म १९४१ मा जयपुरमा भएको थियो। उनले ‘शोले’ लगायत फिल्ममा काम गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण