बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला
सारांश
- भोजपुरमा बाँदरको समस्याका कारण किसानहरू समयअगावै सुन्तला टिप्न बाध्य भएका छन्।
- बाँदरले सुन्तला, अम्बा, र एभोकाडोलगायतका फलफूलमा क्षति पुर्याएको स्थानीयको भनाइ छ।
- बाँदर नियन्त्रणका लागि किसानहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
भोजपुर । बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।
बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्याउने गरेको स्थानीयहरूको भनाइ छ । भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फुयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ ।
“बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ”उनले भने,“तर्साउन ढुंगा हान्ने, गरे पनि नियन्त्रणमा आउँदैन ।छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ । फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन ।”
जिल्लाको प्रमुख नगदेबालीका रूपमा सुन्तला खेती पहिचान हुँदै आएको छ । तर पछिल्ला वर्षहरूमा बाँदरको समस्याका कारण उत्पादन र आम्दानीमा गिरावट आएको किसानहरूको गुनासो छ । समयअगावै फल टिप्नुपर्ने बाध्यताले बजार मूल्य पनि घट्ने र फलको गुणस्तरमा असर पर्ने स्थानीय कृषक गीता कार्कीले बताइन् । किसानहरूले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण