कृत्रिम आँखामा २ क्यारेटको हीरा जडेपछि...
सारांश
- अलाबामाका एक गहना पसलका मालिकले आँखा गुमाएपछि कृत्रिम आँखामा हीरा जडान गरे।
- उनको कृत्रिम आँखामा दुई क्यारेटको हीरा छ, जसले प्रकाशमा चम्किन्छ।
- यो आँखा सामाजिक सञ्जालमा भाइरल भएको छ, जसले उनको रचनात्मकताको प्रशंसा र सुरक्षाको चिन्ता दुवै जगाएको छ।
काठमाडौँ । दाहिने आँखाको दृष्टि पूर्ण रूपमा गुमाएपछि अलाबामाका एक गहना पसलका मालिकले आफ्नो नयाँ नक्कली आँखामा हीरा जडान गरेका छन् । अलाबामाका निवासी स्लेटर जोन्ससँग संसारको सबैभन्दा महँगो कृत्रिम आँखा हुन सक्छ ।
भयानक रोगका कारण आफ्नो दाहिने आँखा गुमाएपछि गहना पसलका ती मालिकले गहना डिजाइनरको रूपमा आफ्नो पहिचानलाई प्रतिबिम्बित गर्न कृत्रिम आँखा बनाइदिने विशेषज्ञ जोन लिमकहाँ गए । यो आँखाको नानीमा दुई क्यारेटको हीरा छ । प्रकाशको सम्पर्कमा आउँदा यो आँखा चम्किन्छ ।
जोन्स जताजता जान्छन् त्यता उनको यो आँखा चर्चाको विषय बन्छ । ‘मैले मेरो आँखा गुमाएँ, तर यसले मेरो जीवनमा नयाँ प्रकाश ल्याएको छ,’ जोन्सले आफ्नो आँखाबारे भने । यो साधारण चिकित्सा उपकरण भन्दा बढी कलाको टुक्रा भएको उनी भन्छन् । ‘मैले छ हप्ताभन्दा माथिका बच्चादेखि १०१ वर्षसम्मका वृद्धहरूका लागि झन्डै १० हजार कृत्रिम आँखा बनाएको छु, तर सामग्रीको हिसाबले यो सबैभन्दा मूल्यवान कृत्रिम आँखा हो,’ जोन लिमले भने ।
स्लेटर जोन्सको हीराको आँखा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । केहीले उनको रचनात्मकताको प्रशंसा गरेका छन् भने अरूले उनको सुरक्षाको लागि चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण