ट्रम्प-पुटिन वार्तामा सहभागी हुन जेलेन्स्की तयार, तर ‘तत्काल शान्ति’ नभई ‘न्यायपूर्ण शान्ति’को पक्षमा
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले ट्रम्प र पुटिनको भेटवार्तामा आफूलाई बोलाए सहभागी हुने बताए।
- ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटमा रुसका सर्त मान्न अमेरिकी पक्षले आग्रह गरेको आरोप छ।
- जेलेन्स्कीले हंगेरीलाई ट्रम्प-पुटिन भेटका लागि छनोट गरेकोमा आलोचना गरे।
कीएभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले हंगेरीमा प्रस्तावित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भेटवार्तामा आफूलाई बोलाइएमा सहभागी हुन तयार रहेको बताएका छन्। गत बिहीबार ट्रम्प र पुटिनबिचको फोन वार्तापछि युक्रेन युद्धको मुद्दामा उनीहरू चाँडै हंगेरीको राजधानी बुडापेस्टमा भेट्ने घोषणा भएको थियो।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘यदि मलाई यस बैठकमा आमन्त्रण गरियो र हामी तीनै जना भेट्न सक्यौं, वा भनिएजस्तै तेस्रो पक्षको सहयोगमा हामी दुईबिच कुराकानी हुन सक्यो भने पनि हामी कुनै न कुनै रूपमा सहमत हुनेछौँ।’
यसैबिच, केही मिडिया रिपोर्टहरूले शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबिचको भेटवार्तामा ‘विवाद’ भएको दाबी गरेका छन्। यसमा अमेरिकी पक्षले जेलेन्स्कीलाई रुसका सर्तहरू स्वीकार गर्न र युद्ध अन्त्य गर्न भनेको बताइएको छ।
यो भेटपछि आफ्नो पहिलो प्रेस ब्रिफिङमा जेलेन्स्कीले सतर्कता अपनाए पनि, उनको बयानले दुई पक्षबिच धेरै मुद्दामा गहिरो मतभेद रहेको स्पष्ट पारेको छ। जेलेन्स्कीले ट्रम्पलाई आफ्नो उद्देश्य ‘तत्काल शान्ति नभई न्यायपूर्ण शान्ति’ भएको स्पष्ट पारेको बताए।
यसअघि, जेलेन्स्कीले ट्रम्प-पुटिन भेटका लागि हंगेरीलाई छनोट गरेकोमा आलोचना गरेका थिए। उनले हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानलाई युक्रेन र युरोपेली संघका धेरै नेताहरूले रुसको सहयोगी मान्ने बताएका थिए। उनले थपेका थिए, ‘उनी (ओर्बान) ले युक्रेनका जनताका लागि कुनै पनि सकारात्मक वा सन्तुलित योगदान गर्न सक्दैनन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण