बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्व फ्रान्सेली राष्ट्रपति सार्कोजीको जेल सजाय सुरु

मङ्गलबार, ०४ कात्तिक २०८२, ११ : ३६
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • पूर्व फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीलाई पेरिसको जेलमा पाँच वर्षको काराबास सजाय सुरु भएको छ।
  • सार्कोजीलाई २००७ मा राष्ट्रपतिको उम्मेदवारीका लागि गद्दाफी सरकारबाट लाखौं युरो लिएको आरोप लागेको थियो।
  • सार्कोजीले आफू निर्दोष रहेको दाबी गरे पनि उनी फ्रान्सको इतिहासमा जेल जाने पहिलो राष्ट्रपति बनेका छन्।

पेरिस । पूर्व फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीको जेल सजाय सुरु भएको छ । मंगलबारदेखि पेरिसको ला सान्ते जेलमा उनको पाँच वर्षको काराबास सजाय सुरु हुनेछ । उनी हालैको इतिहासमा जेल सजाय पाउने पहिलो फ्रान्सेली राष्ट्रपति हुनेछन् । 

पूर्व फ्रान्सेली राष्ट्रपति सार्कोजीमाथि २००७ मा आफ्नो राष्ट्रपतिको उम्मेदवारी सुरक्षित गर्न लिबियाका तानासाह मुअम्मर गद्दाफीको सरकारबाट लाखौं युरो स्वीकार गरेको आरोप लगाइएको थियो । २०११ मा, एक लिबियाली समाचार एजेन्सी र गद्दाफी आफैंले पनि लिबियाले गोप्य रूपमा सार्कोजीको चुनाव अभियानलाई आर्थिक सहयोग गर्न पैसा पठाएको बताएको थियो । तर सार्कोजीले आफू निर्दोष रहेको दाबी गरेका थिए । 

सुरक्षा कारणले गर्दा एकान्त कारावासमा राखिने अपेक्षा आफूले गरेको सार्कोजीले एक स्थानीय पत्रिकालाई भनेका थिए । उनलाई भीआईपी सेक्शन वा संवेदनशील कैदी राख्ने ठाउँमा राखिने सम्भावना पनि छ । ला सान्टे जेल १९ औं शताब्दीको जेल हो । यसमा देशद्रोहको झूटा आरोपको सामना गर्ने क्याप्टेन अल्फ्रेड ड्रेफस र फ्रान्समा धेरै आक्रमण गर्ने भेनेजुएलाका आतंककारी कार्लोस द ज्याकल आदिलाई राखिएको थियो । 

अभियोजकहरूले सार्कोजीका लागि सात वर्षको सजाय माग गरेका थिए, तर अब उनलाई पाँच वर्षको सजाय सुनाइयो । सार्कोजीले अब आफ्नो दोषी ठहरविरुद्ध अपिल गर्न सक्छन् । उनले यसो गरेभने उनको सजाय अस्थायी रूपमा रोकिने छ । विगतमा  सार्कोजीधेरै कानुनी विवादहरूमा फसेका छन् । तर यसको बाबजुद पनि उनलाई फ्रान्सेली दक्षिणपन्थी राजनीतिमा प्रभावशाली व्यक्तिमध्ये एक मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप