कास्की कारागारबाट भागेका १५७ जना पक्राउ, २२२ जना अझै फरार
सारांश
- कास्की कारागारबाट भागेका १ सय ५७ कैदीबन्दी पक्राउ परेका छन्, जसमा कास्की प्रहरीले ८३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा चोरी, जबरजस्ती करणी, र लागुऔषध मुद्दाका व्यक्तिहरू छन्, भने केही अन्य जिल्लाका कैदीबन्दी पनि पक्राउ परेका छन्।
- फरार कैदीबन्दी खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ र केही चाडबाडपछि फर्किने अनुमान गरिएको छ।
पोखरा । कास्की कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका मध्ये १ सय ५७ जना कैदी बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबैभन्दा धेरै कास्की प्रहरीले समातेको छ । कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार कास्कीले मात्रै ८३ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सबैभन्दा धेरै चोरी मुद्दाका २५ जना छन् । यस्तै, जबरजस्ती करणी र लागू औषध मुद्दाका १७/१७ जना पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दाका ९ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अङ्गभङ्ग, कुटपिट र मानव बेचबिखनका १/१ जना पक्राउ परेका बस्नेतले बताए ।
भदौ २४ गते उनीहरू भागेका थिए । तीमध्ये एक जना पोखरा २६ मा आत्महत्या गरेका छन् । कास्की प्रहरीले छिमेकका जिल्लाबाट पनि सहयोग लिएर कैदी बन्दी पक्राउ गरेको छ । तनहुँ प्रहरीले २६ जना, गोरखाबाट ६ जना, स्याङ्जाबाट ३ जना, लमजुङबाट २ जना र म्याग्दीबाट १ जना पक्राउ गरेर कास्की पठाइएको छ ।
विभिन्न जिल्लाको कारागार कार्यालयमा ३६ हाजिर भएका छन् । उनीहरू उतै बसिरहेका कास्की कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । आन्दोलनका क्रममा ७ सय ७३ फरार भएका थिए । अझै २ सय २२ जना फरार रहेको उनको भनाई छ ।
५ सय १५ जना हालसम्म कास्की कारागारमा फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ । ३६ जना अन्यत्र कारागारमै रहेका छन् । बाँकीलाई पनि खोजी तीब्र पारिएको शर्माले बताए । ‘वेभ साइटमा नाम सार्वजनिक गरेका छौँ । सबैतिर सूचना पठाएका छौँ । सूचना जारी गरेपछि पनि केही पक्राउ परेका छन्, आएका छन्,’ उनले भने– ‘केही चाहिँ चाडबाडपछि फर्किन्छन् होला भन्ने विश्वास छ । नभए तिहारपछि व्यापक रूपमा नै अभियान चलाउनुपर्छ ।’
केही कैदी बन्दी घरतिर जान सक्छन् भन्ने आकलन गरिएको उनले बताए । ‘घर पुगेकाहरू चाडबाड मनाउन लागेका छन् । हामीले सूचना पाएकोसम्म पक्राउ गरेर ल्याइएको छ । लुकेर बसेकालाई पनि खोजी त भएकै छ,’ शर्माले थपे, ‘नआउनेलाई अब व्यापक खोजी गर्छौं । छिटै सबैलाई नियन्त्रणमा लिनेछौँ ।’ फरार कैदी बन्दी खोजी गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ । उक्त समितिले आफ्नो काम गरिरहेको छ ।
फरार भएकामध्ये पनि ११ जना विदेशी छन् । १३ विदेशी कैद भुक्तान गरिरहेकोमा २ जना भारतीय फर्किएका कारागार कार्यालयले जनाएको छ । बाँकी ९ भारतीय र २ चिनियाँ नागरिक पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनीहरुले नेपाल छाडिसकेको आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण