प्रदीप अधिकारीलाई आक्रमण गरेको आरोपमा ३ जना पक्राउ
सारांश
- नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि आक्रमण भएको आरोपमा ३ जना पक्राउ परेका छन्।
- आक्रमणकारीहरूलाई कोटेश्वर र ललितपुरबाट पक्राउ गरिएको छ, र उनीहरू सातदोबाटोमा अधिकारीलाई आक्रमण गरेका थिए।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र पक्राउ परेका व्यक्तिहरूलाई सोधपुछका लागि हिरासतमा लिएको छ।
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कात्तिक ३ मा अपरिचित व्यक्तिहरूले सातदोबाटोबाट आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीलाई आक्रमण गरेका थिए ।
पक्राउ पर्नेमा काभ्रे घर भएका कोकिलबहादुर शाह, रामेछापको गेलु घर भएका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाही घर भएका ३५ वर्षीय हेम तामाङ छन् । आरोपीहरुलाई कोटेश्वर र ललितपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गए राति शाह र अधिकारीलाई पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले हेम तामाङलाई पक्राउ गरेको हो । आरोपीहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आफूमाथि आक्रमण भएको भन्दै अधिकारीले सुरक्षा निकायमा जानकारी गराएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण