१० हजार किलोमिटर साइकल यात्रा गरेर फ्रान्सबाट श्रीलङ्का फर्किए इनोसुरन
बुधबार, ०५ कात्तिक २०८२, २० : ४०
कोलम्बो । श्रीलङ्काको जाफ्नाका बासिन्दा इनोसुरन लामो समयपछि आफ्नो घर फर्किएका छन्। गृहयुद्धका कारण फ्रान्समा बसोबास गर्दै आएका उनले युद्ध समाप्त भएपछि साइकलबाटै स्वदेश फर्कने साहसी निर्णय गरे।
इनोसुरनले जुलाई ९, २०२५ मा फ्रान्सबाट आफ्नो यात्रा सुरु गरेका थिए। अहिलेसम्म उनले जर्मनी र अष्ट्रेलियासहित १० देश पार गर्दै १०,००० किलोमिटर भन्दा बढी साइकल यात्रा गरिसकेका छन्।
तीन महिनाको लामो यात्रापछि, उनी हालै भारतको तमिलनाडुस्थित नागाई आइपुगेका छन्। उनी नागाई बन्दरगाहबाट जहाजमा चढेर आफ्नो गन्तव्य श्रीलङ्काको जाफ्ना पुग्नेछन्।
इनोसुरनले आफ्नो साइकल यात्राका क्रममा धेरै देशका संस्कृति र रीतिरिवाजहरूलाई नजिकबाट नियाल्ने अवसर पाएको बताए। धेरै वर्षपछि आफ्नो मातृभूमि श्रीलङ्का फर्कनु आफ्ना लागि ठुलो खुसीको कुरा भएको उनले व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण