गायक आनन्द कार्कीलाई अन्तर्राष्ट्रिय सम्मान
काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रका अग्रज गायक आनन्द कार्की अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।
उनले नेपालीसँगै हिन्दी भाषामा पनि थुप्रै गीत गजलहरू गाइसकेका छन् । नेपाली र अन्य भाषामा विगत चार दशकदेखि गीत गाउँदै विशेष योगदान पुर्याएको भन्दै शान्तिवन, भारतमा आयोजित ग्लोबल समिट २०२५ मा गायक आनन्द कार्कीको गायन योगदानको कदर स्वरूप उनलाई सम्मानित गरिएको हो ।
भारतका विभिन्न विशिष्ट व्यक्तिसँगै नेपालबाट सो समिटलाई गायक कार्कीलाई सम्मानित गरिएको छ । शुभ दीपावली पर्वको अवसर पारेर आयोजना गरिएको शो समिटमा आनन्द कार्कीसँगै अन्य विभिन्न स्रष्टा पनि सम्मानित भएका छन् ।
विश्वभरका नेताहरू, कलाकारहरू र चिन्तकहरूको बीचमा गरिएको यो सम्मानले आफूलाई गर्वको अनुभूति भएको गायक आनन्द कार्कीले बताएका छन् ।
गायक आनन्द कार्कीले विभिन्न देशमा सम्पन्न साङ्गीतिक कन्सर्टहरूमा प्रस्तुत गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली गीत सङ्गीतलाई पुर्याएका छन् ।
उनले भारतमा पनि कैयौँ साङ्गीतिक कार्यक्रममा आफ्ना गीत सङ्गीत प्रस्तुत गरिसकेका छन् । यही योगदानको कदर स्वरूप ग्लोबल समिट सम्मानबाट आयोजक पक्षले उनलाई सम्मानित गरेको हो ।
सम्मान ग्रहणपछि काठमाडौँ फर्केका अग्रज गायक आनन्द कार्कीले यो सम्मान प्रति खुसी व्यक्त गर्दै भने,‘आयोजक संस्था र सम्पूर्ण टिमप्रति हार्दिक आभार सहित गहिरो सद्भाव व्यक्त गर्दछु । सम्पूर्ण दर्शक श्रोताहरूको माया र साथले यो सम्मान पाउन सफल भएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण